पोखराको दुईकुलाको मुहानमा मृत भेटिएका व्यक्ति को हुन् ?

पोखराको दुईकुलाको मुहानमा मृत भेटिएका व्यक्ति को हुन् ?


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० माघ २०८२
  • 9.8K
    Shares

पोखरा , १० माघ २०८२।

पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित दुई कुलाको मुहानमा एक जना व्यक्ति मृत भेटिएका छन्।

अन्दाजी ५५ – ६० वर्ष उमेरका ती व्यक्ति शुक्रबार बिहान दुई कुलाको मुहानस्थित सेती नदीको नहरको पानीमा तैरिएको अवस्थामा भेटिएका हुन्। उनको हालसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

उक्त शब पहिचान र पोस्टमार्टमका लागि साबिकको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शब गृहमा राखिएको प्रहरीले बताएको छ। साथै मृतकलाई चिन्ने व्यक्ति वा आफन्तले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन पनि जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ।

प्रतिक्रिया