पोखरा , ९ माघ २०८२।
रुपन्देहीको मृगौलि पुलबाट गएराती एउटा मोटरसाइकल खसेर दुर्घटनाग्रस्त हुँदा एक जना युवा सख्त घाइते भएका छन्।
पुर्बबाट मनिग्रामतर्फ जादै गरेको लु ४४ प ३६४१ न को मोटरसाइकल जिल्लाको तिलोत्तमा ११ मृगौलिस्थित मृगौलि पुलबाट खसेर दुर्घटनाग्रस्त हुँदा एक जना युवा सख्त घाइते भएका हुन्।
उक्त दुर्घटनामा अन्दाजी ३० – ३५ वर्षका एक युवा सख्त घाइते भएका छन्। तर उनको पहिचान खुल्न सकेको छैन। उनलाई उपचारको लागि कृमसन अस्पताल मनिग्राम लगिएको प्राप्त समाचारमा जनाइएको छ ।