पोखरा, ८ माघ २०८२।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार जनकपुरमा आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा बालेन शाहले ‘म मधेशको छौरो’ भनेको विषयमा तिब्र आलोचना गरेका नेकपा एमालेका सचिव महेश बस्नेतले माफी मागेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुक आईडीमार्फत उनले सो विषयमा माफी मागेका हुन । उनले भनेका छन्, ‘बालेन भाइले ‘म मधेशको छौरो’ भनेको सन्दर्भमा मैले मैथिली भाषामा त्यसको अर्थ के लाग्छ भनेर सोधेको विषयलाई केही व्यक्तिहरूले गलत नियतले प्रचार गरेको देखिन्छ।
म मधेश, मैथिली भाषा, संस्कृति र पहिचानलाई सधैं सम्मान गर्ने व्यक्ति हुँ।’ आफुले नबोलेको विषयलाई गलत व्याख्या नगरिदिन अनुरोध गरेका छन् । त्यस्तै उनले भने, ‘कसैले गलत अर्थ लगाएर फैलाएको प्रचारप्रति भ्रममा नपर्न सबैमा आग्रह गर्दछु। यस क्रममा कसैलाई अनजानमा चोट पुगेको भए म क्षमायाचना गर्दछु।’ त्यस्तै बालेको सो भनाई प्रति मंगलबार उनी निकै आलोचनामा उत्रिएपछि बस्नेतको सर्बत्र विरोध र आलोचना सुरुभएको थियो ।