पोखरा, ७ माघ २०८२।
तनहुँको चापाघाटमा अहिले बिहानपख एउटा बोलेरो जिप दुर्घटनाग्रस्त भएको छ। व्यास नगरपालिका-५ चापाघाटमा बुधबार बिहान पाख बागमती प्रदेश ०३ ०००१ च ०७७९ नम्बरको जीप दुर्घटनाग्रस्त भएको हो। दुर्घटनास्थलमा सुन्तला छिरल्लिएको देखिएकाले उक्त जिप सुन्तला बोकेर पोखरातर्फ आउदै गरेको जिप भएको हुन सक्ने अनुमान गरिएको छ। घटनाको , विस्तृत विवरण आउन बॉकी नै रहेको छ ।

