नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम रणबिरले माल्कोट घटना प्रचण्ड सरकारको अपराध र नित्कृष्टताको पराकाष्टा भएको बताउनुभएको छ।
नेकपा कालिकोटद्दारा राष्कोट नगरपालिका सिपखानामा आयोजित बिरोधसभालाइ संम्बोधन गर्दै महान शहिद बटाला रगत खेर जान नदिने प्रतिबद्धता सहित चुनाब खारेज अभियान सफल बनाउने जनता र पार्टीपंक्ती सबैलाइ बिशेष धन्यबाद ज्ञापन गर्नुभयो।
सभालाई सम्बोधन गर्दै बमले “यो दलाल भ्रष्टहरुको अपराधलाइ अनुमोदन गर्ने राष्ट्रघाती तथा जनबिरोधी चुनाबभएकाले हाम्रो पार्टीको नेतृत्व मा चुनाब खारेज अभियान चलेको र त्यो अभियान देशैभरी उत्साहपूर्ण सफल भएको बताउनुभएको छ”।
कार्यक्रममा जिल्ला इन्चार्ज सेक्रेटरी समर कर्णालि ब्युरो सदस्य बिराट बिधार्थि के स स सुनिता बम लगायतका नेताहरुले माल्कोट क्रान्तिकारी हरुको प्रेरणाको स्रोत भएको र महान शहिदको बाटोमा अबिचलित लाग्ने प्रतिबद्धता जनाउनु भएको थियो।