मोरङमा मोटरसाइकल दुर्घटना : दुई जना जेसीजकर्मीको मृत्यु

मोरङमा मोटरसाइकल दुर्घटना : दुई जना जेसीजकर्मीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ६ माघ २०८२
  • 3.5K
    Shares

पोखरा, ६ माघ २०८२।

मोरङमा भएको मोटरसाइकल दुर्घटनामा दुई जना जेसीजकर्मीको मृत्यु भएको छ।

प्रदेश नम्बर १–०२–०४९ प ९२२३ नम्बरको मोटरसाइकल सोमवार राति करिब ७ः३० बजे मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित स्वस्तिक जुट मिल अगाडिको भित्री पक्की सडक खण्डमा दुर्घटनाग्रस्त हुँदा दुई जना जेसीजकर्मीको मृत्यु भएको हो।

दुर्घटनामा नेपाल जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्ष एवम् दुहबी जेसीजकी पूर्व अध्यक्ष कञ्चन झा र दुहबी जेसीजका पूर्व अध्यक्ष प्रकाश साहको निधन भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार , उक्त दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको दुहबी नगरपालिका–५ निवासी ३१ वर्षीय प्रकाश साह र पछाडि सवार विराटनगर महानगरपालिका–१५ निवासी ४० वर्षीया कञ्चन झा गम्भीर घाइते भएका थिए।

दुवै जनाको अनुहार र टाउकोमा गम्भीर चोट लागेको अवस्थामा तत्काल उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्‍याएको केही समयपछि चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका हुन्।

मृतक साह दुहबी जेसीज २०२४ का अध्यक्ष हुन् भने कञ्चन दुहबी जेसीज २०१८ की अध्यक्ष तथा जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्ष थिइन्।

प्रतिक्रिया