पोखरा, ६ माघ २०८२।
‘जनता जान्न चाहन्छन’ भन्दै बुर्लुक बुर्लुक उफ्रने चर्चित पत्रकार ऋषि धमलाले पत्रकारिता छोडेर राजनीतिमा प्रवेश गरेका छन्। उनले आसन्न चुनाबमा आम जनता पार्टीबाट राजनीति शुरु गरेका छन्।
उनले सोही पार्टीबाट ‘मोबाइल चुनाव चिन्ह लिएर रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवार बन्ने घोषणा गरेका छन। रौतहट ४ बात उम्मेदवारी दिन उनी सोमबार रौतहट प्रस्थान गरेका छन् ।
उनकी पत्नी एलिजा गौतमले सामाजिक सञ्जालमार्फत धमलाको यो निर्णयप्रति गर्व र भावुकता व्यक्त गर्दै जनताप्रतिको जिम्मेवारीलाई प्राथमिकतामा राखेर उनले राजनीति रोजेको बताएकी छन् ।
गौतमले लामो समय पत्रकारितामार्फत सत्यका पक्षमा उभिँदै आएका धमलाको अनुभव, प्रखर बुद्धि र अडानले राजनीतिमा पनि सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेकी छन् ।