स्याङ्जाबाट चार थान भरुवा बन्दुकसहित तीन जना बृद्ध पक्राउ

स्याङ्जाबाट चार थान भरुवा बन्दुकसहित तीन जना बृद्ध पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ६ माघ २०८२
  • 8.2K
    Shares

पोखरा, ६ माघ २०८२।

स्याङ्जाबाट अबैध हतियार भरुवा बन्दुकसहित तीन जना बृद्ध पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी बिरुवा अर्चलेबाट गएको संयुक्त प्रहरी टोलीले बिरुवा अर्चले गाउपालिका वडा नम्बर ३ स्थित सिउड़ीबाट अबैध भरुवा बन्दुकसहित तीन जना बृद्धलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा स्थानीय ७७ वर्षीय तिलबहादुर पुलामी, ६५ वर्षीय मिनबहादुर पुलामी र ६५ वर्षकै रणबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रसन्नराज चौधरीले जानकारी दिए

पक्राउ परेका मध्ये तिलबहादुर पुलामीको साथबाट एक नाले भरुवा बन्दुक दुई थान , बारुद दुईसय २३ ग्राम, छर्रा ३१ थान र छर्रा बनाउन प्रयोग हुने १ थान तथा मिनबहादुर पुलामीको साथबाट एक नाले भरुवा बन्दुक एक थान , बारुद ५० ग्राम, छर्रा १७ थान र कप दुई थान बरामद भएको प्रहरीले जिकिर गरेको छ। त्यस्तै रणबहादुर थापाको साथबाट एक नाले भरुवा बन्दुक एक थान , बारुद तीन सय ७० ग्राम , छर्रा २३ थान र केप पांच थान बरामद भएको पनि प्रहरीले जिकिर गरेको छ।

प्रतिक्रिया