तनहुँमा मोटरसाइकल दुर्घटना : एक युवाको मृत्यु, अर्का एक जना घाइते

तनहुँमा मोटरसाइकल दुर्घटना : एक युवाको मृत्यु, अर्का एक जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ माघ २०८२
  • 5.5K
    Shares

पोखरा, ५ माघ २०८२।

तनहुँमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको प्रदेश ३–००८ प ४२५० नम्बरको मोटरसाइकल पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ चुनपहरामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने अर्को एक जना गम्भीर घाइते भएका हुन् ।

उक्त दुर्घटनमा परेर मोटरसाइकल को पछाडि सवार भक्तपुर नगरपालिका–४ निवासी १८ वर्षीय मिनिराज प्रसाद भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

सोही दुर्घटनामा परेर घाइते भएका मोटरसाइकल चालक ललितपुर स्थायी ठेगाना भई हाल बन्दीपुर गाउँपालिका–४ बस्दै आएका १८ वर्षीय आदर्श लिम्बुको चितवन मेडिकल कलेज भैरहेको छ। उनको टाउको र मुखमा गम्भीर चोट रहेको प्राप्त समाचारमा जनाइएको छ।

उक्त मोटरसाइअक्ल चालकले नियन्त्रण गुमाउँदा सडकको डिभाइडरमा ठक्कर खाई दुर्घटना भएको प्राप्त समाचारमा जनाइएको छ।

दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया