जेन जी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका एकसय ६० बन्दी अझै सम्पर्कबिहीन

जेन जी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका एकसय ६० बन्दी अझै सम्पर्कबिहीन


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ माघ २०८२
  • 3.9K
    Shares

कास्की कारागार , कास्की जेल

पोखरा, ५ माघ २०८२।
आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा फरार कैदीबन्दीलाई सुरक्षा चुनौतीका रूपमा दलहरूले लिएका छन् । राजनीतिक दलहरूले कैदी र लुटिएका हतियारका कारणले निर्वाचन भयरहित र शान्तिपूर्ण हुन नसक्ने आशंका गरिरहेको अवस्थामा प्रहरीले कैदीहरूको खोजी तीव्र बनाएको छ । अद्यापी गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका कैदीबन्दीमध्ये एकसय ६० जना अझै सम्पर्क बाहिर छन् ।

कारागारका प्रशासक राजेन्द्र शर्माले दिएको जानकारी अनुसार, जेन जी आन्दोलनका क्रममा कास्की कारागारको बन्दीगृहबाट सातसय ७३ जना बन्दी मध्ये हालसम्म पांच सय ९३ जना कतिपय आफैं कारागारको सम्पर्कमा आए भने कतिपयालाई प्रहरीले पक्राउ गरेर कैद भुक्तानका लागि कारागार पठाएको छ।

एक नहिलासहित एकसय ६० जना बन्दी अझौ कास्की कारागारको अझै सम्पर्कमा नरहेको कारागार प्रशाशक शर्माले जानकारी दिए। सम्पर्कबिहीन मध्येमा १३ जना विदेशी नागरिक रहेकामा ११ भारतीय र २ जना चिनियाँ छन् ।

उक्त आन्दोलनका क्रममा कारागारको बन्दीगृहबाट भागेका ७ सय ७३ जनामध्येमा कोही तोकिएको समयभित्रमा आफैँ फर्किएको र अन्यलाई प्रहरीले पक्राउ गरेर कारागार बुझाएको थियो । कास्कीबाट भागेका मध्येमा केही अन्य जिल्लामा समातिएका थिए ।

अन्य जिल्लाबाट भागेकाहरूलाई समेत यहाँ पक्राउ गरिएको थियो । कारागार प्रशासक शर्माले फरार कैदीलाई प्रहरीले खोजी गरिरहेको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भागेका कैदीबन्दी फिर्ता ल्याउन विशेष रणनीतिअनुसार काम भइरहेको बताइन् । ‘निर्वाचन सुरक्षा योजनाअनुसार आन्दोलनका क्रममा भागेका कैदीबन्दीलाई फिर्ता ल्याउन विशेष रणनीति बनाइएको छ । यसका लागि प्रहरी टोली खटिएको छ । निर्वाचनमा कुनै पनि सुरक्षा कमजोरी हुन नदिने गरी जिल्लामा सुरक्षा कार्यान्वयन गरेका छौं’, उनले भनिन् ।

प्रतिक्रिया