लमजुङ र तनहुँ जोड्ने मानेचौका पुलमा अटो दुर्घटना हुँदा सात जना घाइते

लमजुङ र तनहुँ जोड्ने मानेचौका पुलमा अटो दुर्घटना हुँदा सात जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ माघ २०८२
  • 4.3K
    Shares

सुन्दरबजारस्थित नमूना सामुदायिक अस्पताल

पोखरा, ५ माघ २०८२।
लमजुङको सुन्दरबजार र तनहुँको भानु जोड्ने मानेचौका पुलमा अटो रिक्सा दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

ग १ ह ६० नम्बरको अटो रिक्सा आइतबार दिउँसो १२ बजेको समयमा मानेचौका पुलमा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

सो दुर्घटनामा परेर घाइते भएका सात जना मध्ये छ जनालाई थप अन्यत्र पठाईएको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालले जानकारी दिएको छ।

तनहुँको भानु नगरपालिका वडा नम्बर ११ रुपाकोटका २७ वर्षीय सुनिल बिकको न्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा उपचार जारी रहेको छ भने सोही ठाउँकी ५० वर्षीया सावित्र बिक , सात वर्षीय दिप्शन बिक, ३९ वर्षीय सरस्वती बिक. कास्कीको रुपा गाउँपालिका वडा नम्बर ६ की ३६ वर्षीया जुना गुरुङ र दुई वर्षीय प्रभात गुरुङ तथा लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर २ कि ४९ वर्षीया लक्ष्मी बिक पनि घाइते भएका छन्। उनीहरुलाई थप उपचारका लागि अन्यत्र पठाईएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया