पोखरा, ५ माघ २०८२।
सिन्धुलीमा बुहारीलाई आगो लगाई हत्या गरेको आरोप लागेका सासु र नन्द जेल चलान भएका छन्।
सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाँटकी सुशीला घिसिङलाई आगो लगाई हत्या गरेको आरोप लागेका सुशीलाकी सासु मायारानी बम्जन र नन्द मिना लामा जेल चलान भएका हुन्। उनीहरुलाई जिल्ला अदालत सिन्धुलीले आइतबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका कारण कारागार चलान गरिएको प्रहरीले बताएको छ।
गएको पुस ६ गते ३२ वर्षीया सुशीला घिसिङलाई पेट्रोल छर्किएर आगो लगाई हत्या गरिएको थियो। उनको हत्या आरोपमा सुशीलाकी सासु मायारानी बम्जन र नन्द मिना लामालाई प्रहरीले त्यतिबेलै पक्राउ गरेको थियो ।