धरान बस दुर्घटना अपडेट : घटनास्थलमै मृत्यु भएका पाँचै जनाको भयो सनाखत, यी हुन् घाइते

धरान बस दुर्घटना अपडेट : घटनास्थलमै मृत्यु भएका पाँचै जनाको भयो सनाखत, यी हुन् घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ माघ २०८२
  • 4.6K
    Shares

पोखरा, ४ माघ २०८२।

सुनसरीको धरानमा आज साँझ भएको बस दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ।

धनकुटाबाट भेडेटार हुँदै धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको बस धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्टमा आज दिउँसो करिब ४:३० बजे दुर्घटनाग्रस्त हुँदा घटनास्थलमै मृत्यु भएका पाँचै जनाको सनाखत भएको हो।

उक्त दुर्घटनमा परेर महोत्तरीको गैदाभेटपुर–८ का धैरिया कुमार यादव, जनकपुरका १८ महिने बालक रिषम कुमार मण्डल, बराहक्षेत्र–३ घर भई हाल धरान बस्दै आएका ओमेश राई, झापाको मेचीनगरका नयन थापा मगर र धरान–१३ की सुबेक्षा सुब्बाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

दुर्घटनामा घाइते भएका १२ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा धरान-१३ की ४३ वर्षीया यशोदा श्रेष्ठ, जनकपुर-१ की ४० वर्षीया सतुनादेवी मण्डल, जनकपुर-१ का १८ वर्षीय रोहन मण्डल, जनकपुर-१ की २५ वर्षीया रिता मण्डल र जनकपुर-४ की ३० वर्षीया पुनिता मण्डल छन् ।

यस्तै महोत्तरी-४ का २५ वर्षीय मोहम्मद गुलाम, जनकपुर-५ की २२ वर्षीया लक्ष्मी मण्डल, जनकपुर-५ का १८ वर्षीय राजा बाबु, जनकपुर-५ का २४ वर्षीया रोहित मण्डल र जनकपुर-५ की ४० वर्षीया मनितादेवी मण्डल छन् ।

यसैगरी जनकपुर-४ का ३१ वर्षीय जितेन्द्र मण्डल र जनकपुर-५ का २० वर्षीय कृष्ण मण्डल पनि दुर्घटनामा घाइते भएका छन् । घाइतेहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धान अनुसार बस पश्चिमपट्टिको न्यू सबा मेडिकल हलमा ठोक्किएको थियो। जनकपुरबाट सुनसरी यातायात कार्यालयमा गाडी नामसारीका लागि आएको बस भेडेटार घुम्न जाने क्रममा डिजेल सकिएपछि फर्काउने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ।

 

प्रतिक्रिया