म्याग्दीमा गएराती २० वर्षीया एक युवतीको हत्या

म्याग्दीमा गएराती २० वर्षीया एक युवतीको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ माघ २०८२
  • 4.8K
    Shares

पोखरा, ४ माघ २०८२।

म्याग्दीमा गएराती एक युवतीको हत्या भएको छ।

जिल्लाको धवलागिरी गाउँपालिका–७, सिवाङ झिनडाँडामा गएराति अन्दाजी २० वर्षीया पुनमायाँ विकको हत्या भएको हो।

पुनमायाँ विकको धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले जानकारी दिए। उनको शरीरका बिभिन्ना भागमा धारिलो हतियारको चोट रहेको प्रहरीले बताएको छ।

प्राप्त जानकारी अनुसार , राती साढे १० बजे घर बाहिर निस्किएका बेला अचानक पछाडिबाट आक्रमण भए पछु उनी चिच्याउदै घरभित्र प्रवेश गरेकी थिइन्ए। त्यसपछि अचेत र गम्भीर घाईते अवस्थामा प्रादेशिक अस्पताल बेनी पुर्याइएकोमा उपचारको क्रममा आज विहान २ बजेर २० मिनेटमा चिकित्सकले मृत घोषित गरेका प्रहरीले जानकारी दिएको छ।

उनको हत्यामा संलग्नको खोजी भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया