मोरङको उर्लाबारीका युवाको साउदी अरबमा निधन

मोरङको उर्लाबारीका युवाको साउदी अरबमा निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ माघ २०८२
  • 4.3K
    Shares

पोखरा, ४ माघ २०८२।

मोरङको उर्लाबारीका एक युवाको साउदी अरबमा निधन भएको छ।

वैदेशिक रोजगारीका लागि करीब २७ महिना अघि साउदी अरब पुगेका मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर २ भुसी (लामपाते सिमसार छेउ) निवासी २७ वर्षीय रोहित निरौलाको साउदी अरबमा उपचारका क्रममा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार , रोहित अचानक बिरामी परेपछि गत पुस १९ गते साउदी अरबस्थित वेबदा अस्पतालमा भर्ना भएका थिए। अस्पतालमा करिब ७–८ दिनसम्म भेन्टिलेटरमा राखी उपचार गरिए पनि ब्लड क्यान्सरका कारण उनको ज्यान गएको परिवारले जनाएको छ। कानुनी प्रक्रिया पूरा गर्न समय लागेकाले शव नेपाल ल्याउन ढिलाइ भएको स्थानीय युवा गणेश बरालले जानकारी दिए।

उनका अनुसार रोहितको शव शुक्रबार राति नेपाल आइपुगेको र शनिबार उर्लाबारीस्थित बक्राहा घाटमा अन्त्येष्टि गरिएको छ।

रोहित आफ्ना बाबुआमासँगै एक दाजु, एक दिदी र एक बहिनीसहित भुसीमै बस्दै आएका थिए। उ

प्रतिक्रिया