रुकुम पश्चिममा ७४ वर्षीय बृद्धले आफ्नै श्रीमतीको गरे हत्या

रुकुम पश्चिममा ७४ वर्षीय बृद्धले आफ्नै श्रीमतीको गरे हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३ माघ २०८२
  • 3.9K
    Shares

श्रीमानद्वारा कुटपिट

पोखरा , ३ माघ २०८२।

रुकुम पश्चिममा ७४ वर्षीय एक बृद्धले आफ्नी श्रीमतीको हत्या गरेका छन्।

जिल्लाको त्रिवेणी गाउँपालिका–१ का ७४ वर्षीय गणेशबहादुर कामीले आफ्नै ६५ वर्षीया पत्नी पम्फा कामीको शुक्रबार हत्या गरेका हुन्।

गणेशबहादुरले आफ्नै श्रीमती पम्फा कामीको टाउको र हातमा सनासो प्रहार गरी हत्या गरेका प्रहरीले जानकारी दिएको छ।

घटना लगत्तै अभियुक्त गणेशबहादुरलाई हिरासतमा लिएर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिए। अभियुक्तले मादक पदार्थ सेवनको अवस्थामा श्रीमतीमाथि आक्रमण गरेका प्रहरीले बताएको छ।

प्रतिक्रिया