कालिकोटमा बोलेरो जिप तिला नदीमा खस्यो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

कालिकोटमा बोलेरो जिप तिला नदीमा खस्यो : तीन जनाको मृत्यु, एक जना बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३ माघ २०८२
  • 3.6K
    Shares

पोखरा, ३ माघ २०८२।

कालिकोटको तिला नदीमा जिप खसेर दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। 

जिल्लाको हुल्मबाट शुभकालिका-४ जाँदै गरेको भे.१. च २८९८ नम्बरको बोलेरो जिप शुक्रबार शुभकालिका गाउँपालिका-४ कुडीबाट तिला नदीमा खस्दा तीन जनाको मृत्यु भएको हो भने एकजना बेपत्ता भएका हुन्। 

हुल्मबाट शुभकालिका-४ जाँदै गरेको बोलेरो जिप सेरीपान्तडी भित्री सडकखण्डको कुडीबाट तिला नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। सडकबाट खसेको जिप झण्डै ५०० मिटर तल तिला नदीमा पुगेको प्रत्यक्षदर्शीले बताएका छन्। 

मृत्यु हुने तीन पुरुषको शव नदीबाट निकाले पनि सनाखत हुन बाँकी छ। बेपत्ता हुनेको परिचय पनि खुलेको छैन। 

प्रतिक्रिया