गएराती नवलपुरमा बोलेरो जीप र स्कुटर ठोक्किएर दुर्घटना : स्कुटरचालकको मृत्यु, अर्का घाइते

गएराती नवलपुरमा बोलेरो जीप र स्कुटर ठोक्किएर दुर्घटना : स्कुटरचालकको मृत्यु, अर्का घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३ माघ २०८२
  • 4.1K
    Shares

पोखरा , ३ माघ २०८२।

गएराती नवलपुरमा बोलेरो जीप र स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्लाको देवचुली- ११ आश्रमचोक नजिक धारापानीबाट दलदले तर्फ आउँदै गरेको ग १ ज ५९३० नम्बरको बोलेरो जीप र दलदलेबाट धारापानीतर्फ जाँदै गरेको ग.प्र.०४-००१ प ९१०६ नम्बरको स्कुटर शुक्रबार राती १० बजेतिर देवचुली नगरपालिका वडा नम्बर- ११ मा ठोक्किएर दुर्घतानाग्रस्त हुँदा एक जनाको मृत्यु भएको हो भने अर्का एक जना घाइते भएका हुन् ।

उक्त दुर्घटनामा परेर मुसिकोट-८ रुकुम घर भई देवचुली-९ मामाघरमा बस्दै आएका २६ वर्षीय चेतनबहादुर खडकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्कुटर चालक खडकाको देवचुली नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

स्कुटरको पछाडी सवार रहेका देवचुली-८ का २१ वर्षीय नारायण परियारको बायाँ खुट्टामा चोट लागेको र देवचुली अस्पतालमा उपचारमा रहेका छन् ।

बोलेरो जीप र चालक बौदीकाली -१ का ३४ वर्षीय झमन सिं राना मगरलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया