नेपाल एसबिआई बैंक लुट प्रकरण: मुख्य योजनाकार घरधनी र उनका सालासहित पांच जना प्रहरी नियन्त्रणमा

नेपाल एसबिआई बैंक लुट प्रकरण: मुख्य योजनाकार घरधनी र उनका सालासहित पांच जना प्रहरी नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २ माघ २०८२
  • 4.9K
    Shares

पोखरा, २ माघ २०८२।

सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका-२, बस्तीपुरमा रहेको नेपाल एसबिआई बैंकको शाखामा डाँका मार्ने मुख्य योजनाकार सोहि बैंक रहेको घरधनी र उनका सालासहित पांच जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा घर धनी छविलाल स्याङतान र उनका साला चतुरमान बज्युलाई प्रहरीले पक्राउ गरेको छ भने बैंक लुटेर भाग्दै गर्दा भोक लागे पछि जंगलबाट निस्किएर चाउचाउ र रेड्बुल किन्न लाग्दा दुई जनालाई स्थानीय बासिन्दाले समातेर प्रहरीलाई बुझाएका छन्। आफुलाई बिबाह जाने भनेर रिजर्भमा आएको बताएका बा २ झ ०३९८ नम्बरको टाटा सुमोका चालक भवत सिंह थापा चालक पनि प्रहरी नियन्त्रणमा छन्।

उक्त बैंक शाखा घरधनी स्याङतान र उनका साला चतुरमान बज्युको योजनामा लुटिएको पक्राउ परेका अन्य अभियुक्तहरुले बताए पछि घरधनी स्याङतानलाई महोत्तरीबाट पक्राउ गरेर सिन्धुली ल्याएको छ। बैंक लुटपाटका मुख्य योजनाकार ठानिएका स्याङतानले लुटिएको रकम तराई क्षेत्रमा लगेर बांडफांड गर्ने योजना बनाएको र सोही योजना बमोजिम उनी गाडीको लाइसेन्स बनाउने भन्दै महोत्तरीस्थित आफ्नो घरमा गएका बखत पक्राउ परेको प्राप्त समाचारमा जनाइएको छ।

बैंक लुटिएकै दिन विहान उनी गाडीको ड्राइभिङ लाइसेन्स बनाउने भन्दै महोत्तरी हिँडेका थिए । तर, प्रारम्भिक बयानका क्रममा लुटेराहरुले घरधनीकै योजनामा बैंक लुटेको र पैसा भाग लगाउने काम तराईतिर गर्ने योजना अनुसार उनी तराई आएको आशय व्यक्त गरेपछि प्रहरीले थप अनुसन्धानका लागि उनलाई पक्राउ गरेको हो ।

यस्तै बैंक लुट्न साथ दिएको आरोपमा घरधनी स्याङतानसहित, अर्का स्थानीय चतुरमान बज्यु पनि पक्राउ परेका छन् । उनले बैंक लुट्ने योजनामा लुटेराहरुलाई साथ दिएको बयान पक्राउ परेकाहरुले दिएका छन् ।

उनीहरुले आफूहरुलाई घरधनीका सालाले प्रयोग गरेको प्रारम्भिक बयान दिएका छन् । उनीहरुलाई खोज्ने काम पनि घरधनीका साला चतुरमानले नगरेको बयान लुटेराहरुले दिएका छन् ।

गत पुष २९ गते राती सिन्धुलीस्थित घ्याङलेख गाउँपालिका २ हायुटारमा रहेको नेपाल एसबिआई बैंक लुटिएको थियो । सो लुटका क्रममा ३ करोड ११ लाख रुपैयाँ लुटेराहरुले लुटेका थिए । सो मध्ये २ करोड ६८ लाख हाराहारी रकम प्रहरीले बरामद गरिसकेको छ भने बाँकी रकमको खोजी कार्य जारी छ ।

लुटेराहरूले बैंकका सुरक्षा गार्ड रुद्र बहादुर कार्कीलाई खुकुरी र पेस्तोल देखाएर आक्रमण गरी घाइते बनाएका थिए र कर्मचारीहरूलाई नियन्त्रणमा लिएर हातगोडा बाँधेका थिए [

प्रतिक्रिया