झापामा पिकअप गाडी र बस ठोक्किदा आमा-छोराको मृत्यु, ११ जना घाइते

झापामा पिकअप गाडी र बस ठोक्किदा आमा-छोराको मृत्यु, ११ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २ माघ २०८२
  • 3.9K
    Shares

पोखरा, २ माघ २०८२।
झापामा पिकअप गाडी र बस ठोक्किदा आमा-छोराको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिका -३ स्थित नयाँ बस्तीमा एकापसमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा आमा-छोराको मृत्यु भएको हो भने ११ जना घाइते भएका हुन् ।

उक्त दुर्घटनामा परेर भद्रपुर नगरपालिका ८ की ४० वर्षीया सुस्मा राजवंशी र उनकी डेढ वर्षीय बालक आरुती राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, घाइतेको बिर्तामोडस्थित बिएण्डसी अस्पताल र बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको बिर्तासिटी र बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । दुर्घटनापछि फरार बस चालकको खोजी भइरहेको छ भने मालबाहक गाडीका चालक बिर्तामोड नगरपालिका–६ का ३९ वर्षीय जाकिर हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचाररत ः
१, जि झापा मेचिनगर नगरपालिका वडा नं.– १५ बस्ने बर्ष ६५ की फुलमुन्नि मुर्मु निधार र मुखमा चोट अवस्था सामान्य ।
२, ऐ.ऐ. बस्ने बर्ष ४२ की जमुना राजवंशी निधारमा चोट अवस्था सामान्य
३, ऐ बस्ने टिकेन्द्र राजवंशीको छोरा बर्ष ११ को अनिष राजवंशी टाउकोमा चोट अवस्था सामान्य
४, जि. झापा भद्रपुर न.पा. बस्ने आफुद राजवंशीको छोरा बर्ष १.५ को आरुति राजवंशी ( बालक ) को अस्पताल ल्याईपुर्याउना साथ डक्टरले चेकजाँच गर्दा ऐ १०ः१५ मा मृत्यु घोषणा गरेको

बिर्तासिटि अस्पताल बिर्तामोड उपचारत ः
१, जि.झापा भद्रपुर नगरपालिका वडा नं. ० ४ बस्ने बर्ष ४० को पुस्पलाल राजवंशी टाउको र दाहिने कुममा चोट अवस्था मध्यम
२, ऐ ८ बस्ने बर्ष ४० को आफुद राजवंशी टाउकोमा चोट, दाहिने हात र दाहिने खुट्टा भाचिएको अवस्था गम्भिर
३, निजको श्रिमति बर्ष ४० को सुस्मा राजवंशी दाहिने हात र खुट्टा भाचिएको, टाउकोमा चोट अवस्था गम्भिर
४, निजकै छोरा बर्ष १५ को आशिष राजवंशी बायँ हात र चिउडोमा चोट अवस्था सामान्य
५, जि. झापा भद्रपुर ९ बस्ने बर्ष ४० की टेमुना राजवंशी टाउकोमा र हातमा चोट अवस्था मध्यम
६, जि.झापा शिवसताक्षी नपा १० बस्ने बर्ष २९ की अन्जलि राई छातिमा भित्री चोट अवस्था मध्यम
७, जि.झापा बिर्तामोड न.पा. ३ बस्ने बर्ष २४ को अभिषेक राजवंशी बाँया हातमा भित्री चोट अवस्था सामान्य
८, जि.झापा मेचिनगर न.पा. १५ बस्ने बर्ष १५ की कृतिका राजवंशी टाउकोमा चोट अवस्था सामान्य
९, जि.झापा भद्रपुर न.पा.– ४ बस्ने बर्ष ४५ की पाथल राजवंशी दाहिने खुट्टा भाचिएको, मुखमा चोट अवस्था गम्भिर

माघ १ गते माघे संक्रान्तिको अवसरमा माई नदीमा ठुलो मेला लाग्ने गरेको छ । उक्त पिकअप गाडीमा माई मेला गएर फर्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया