पोखरा , १ माघ २०८२।
सिन्धुलीस्थित नेपाल एसबिआई बैंकको शाखा कार्यालय लुटपाटमा रङ लगाउने मजदुरहरु संलग्न रहेको खुलासा भएको छ।
बैंक लुटेको भन्दै स्थानीय बासिन्दाहरुले समातेर प्रहरीलाई बुझाएका दुई जनाबाट त्यस्तो रहस्य खुलासा भएको हो। बैंक लुटेर भागेका र पछि पक्राउ परेकामध्ये दुईजना नुवाकोटका, एकजना चितवन र एकजना मकवानपुरका रहेको समाचार स्रोतहरुले जानकारी दिएका छन्भ।
बैंक लुटेर जंगल पसेका उनीहरुलाई प्रहरीले खोजिरहेको थियो । तर, भोक लागेपछि चाउचाउ र रेड बुल किन्न जंगलबाहिर निस्केका उनीहरुलाई स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले केटी भगाउने भन्दै गाडी बुक गरेका थिए । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
विभिन्न ठाउँबाट काठमाडौँमा भेट भएका उनीहरुले केहि समय अघि बैंक लुट्ने योजना बनाएका थिए । तर उनीहरुले सिन्धुली नै किन रोजे भन्ने विषयबारे भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सिन्धुलीको घ्याङलेख गाउँपालिका २ बस्तिपुरमा रहेको नेपाल एसबीआई बैंकबाट मंगलबार राति करिब आठ बजेर ४० मिनेट जाँदा तीन करोड १० लाख ९५ हजार २८३ रपैयाँ लु‘टिएको थियो।