धरानमा एक युवाको मामाको छोराले खुकुरीले हानेर गरे हत्या

धरानमा एक युवाको मामाको छोराले खुकुरीले हानेर गरे हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३० पुष २०८२
  • 5K
    Shares

पोखरा , ३० पुष २०८२।

धरानमा एक युवाको आफ्नै मामाको छोराले खुकुरीले हानेर हत्या गरेका छन्।

धरान उपमहानगरपालिका–११ स्थित पुण्यमार्गका ३५ वर्षीय रुपक राईको उनकै मामाको छोराले खुकुरीले हानेर हत्या गरेका हुन् ।

रुपकलाई उनकै मामाको छोरा  ३३ वर्षीय रविन राईले मंगलबार साँझ करिब ६ः३० बजेको समयमा राई उनको घरमा नै खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यलय धरानमा डिएसपी भीषणबाबू राईले जानकारी दिए !

मृतकको शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।

घटनाको आवश्यक अनुसन्धानका लागि मृतककै मामाको छोरा ३३ वर्षीय रविन राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया