स्याङ्जामा वलात्कृत भएको भन्दै पांच महिनापछि उजुरी दर्ता : आरोपित पक्राउ

स्याङ्जामा वलात्कृत भएको भन्दै पांच महिनापछि उजुरी दर्ता : आरोपित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २९ पुष २०८२
  • 6.4K
    Shares

पोखरा , २९ पुष २०८२।

स्याङ्जामा ४० वर्षीया एक महिला वलात्कृत भएको भन्दै पांच महिनापछि प्रहरीमा उजुरी दर्ता भएको छ।

जिल्लाको अर्जुनचौपारी गाउँपालिका –१ माटेथरकी ‘३८ वर्षीया महिला वलात्कृत’ भएको भन्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जामा पांच महिनापछि प्रहरीमा उजुरी दर्ता भएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले दिएको जानकारी अनुसार , ती महिलालाई स्थानीय ५० वर्षीय सूर्यबहादुर रोकाले गएको साउन २५ गते दिउँसो करिब १२ बजे जबरजस्ती करणी गरेको भन्दै पीडित पक्षबाट पुस २६ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जामा जाहेरी परेको थियो ।

प्राप्त उजुरीका आधारमा अभियुक्त रोकालाई पुस २६ गते साँझ करिब ७ बजे सोही वडाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

आरोपितलाई पुस २८ गते स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको डिएसपी चौधरीले बताए । घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया