काभ्रेमा सूचना संकलन गर्न हिडेका प्रहरी हवल्दारको भीरबाट लडेर मृत्यु

काभ्रेमा सूचना संकलन गर्न हिडेका प्रहरी हवल्दारको भीरबाट लडेर मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २९ पुष २०८२
  • 3.4K
    Shares

पोखरा , २८ पुष २०८२।

काभ्रेमा सूचना संकलन गर्न हिडेका एक जना प्रहरी हवल्दारको भीरबाट लडेर मृत्यु भएको छ।

दोलखाको शैलुङ गाउँपालिका–५ घर भै हाल प्रहरी चौकी फलामेटार काभ्रेमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार रामकृष्ण खड्काको भीरबाट लडेर मृत्यु भएका हो । खड्का यही पुस ९ गतेदेखि प्रहरी चौकी फलामेटारमा कार्यरत थिए।

हवल्दार खड्का सोमबार दिउँसो काभ्रेपलाञ्चोकको खानिखोला गाउँपालिका–२, खानिडाँडास्थित गोरेटो बाटोबाट करिब २५ मिटर तल सडकमा लडेको अवस्थामा मृत फेला परेका प्रहरीले जानकारी दिएको छ।

हवल्दार खड्काको शव स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै प्रहरी चौकी फलामेटार र तालढुंगाबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखी जिल्ला प्रहरी कार्यालय काभ्रेलाई जानकारी गराएको थियो।

घटनास्थल मुचुल्का तथा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय देविटार र जिल्ला प्रहरी कार्यालय काभ्रेको टोली खटिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया