नेपाली कांग्रेसको विशेष महाधिवेशनमा उत्साहजनक उपस्थिति : बन्दसत्रले सांगठनिक संरचनामा व्यापक हरेफेर गर्ने प्रस्ताव आउदै

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा उत्साहजनक उपस्थिति : बन्दसत्रले सांगठनिक संरचनामा व्यापक हरेफेर गर्ने प्रस्ताव आउदै


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २७ पुष २०८२
  • 3.1K
    Shares

पोखरा, २७ पुष २०८२।

नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा नेता – कार्यकर्ताहरुको उत्साहजनक उपस्थिति देखिएको छ भने उक्त महाधिबेशनमा ६२ प्रतिशत महाधिबेशन प्रतिनिधिहरुले य्पस्थिति जनाएको आयोजकहरुले जानकारी दिएका छन्प।

बिशेष महाधिबेशनको उद्घाटन आज सकिएको छ भने बन्दसत्र सोमबार बिहान ८ बजेदेखि सुरु हुने बताईएको छ। 

विशेष महाधिवेशन आयोजक समितिका संयोजक मनोजमणि आचार्यले आज दुई हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएको र त्यो क्रम सोमबार पनि जारी रहने बताए।

बन्दसत्रमा महामन्त्री विश्व प्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेश गर्दैछन्। अर्का महामन्त्री गगन थापाले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्।

सांगठनिक प्रतिवेदनमा पार्टीका केन्द्रदेखि वडासम्म जेनजी पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने र केन्द्रीय समितिमा ३० वर्षमुनिका २० जना र ३०-४० वर्ष उमेर समूहका २० जना रहने उल्लेख रहेको छ। 

त्यस्तै पार्टीबाट १ पटक राष्ट्रपति, २ पटक प्रधानमन्त्री, ३ पटक मन्त्री र ४ पटक संसाद मात्रै हुन पाउने व्यवस्था उल्लेख गरिएको छ। 

विभिन्न पेशा, व्यवसाय, बौद्धिक वर्ग सहितका क्षेत्रबाट ‘ल्याट्रल इन्ट्री’बाट पार्टी संरचनामा स्थान सुनिश्चित गर्ने व्यवस्था गर्ने पनि उल्लेख गरिएको छ। 

त्यस्तै प्रत्येक देशका जनसम्पर्क समितिबाट पार्टीको अन्तर्राष्ट्रिय संरचना बनाउने, त्यसमा प्रत्येक देशको जनसम्पर्क समितिका वर्तमान र पूर्वअध्यक्ष परिषद् सदस्य रहने र अन्तर्राष्ट्रिय परिषद् २७ सदस्य हुने उल्लेख गरिएको छ।

देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्। यसको ६२.४ प्रतिशत भनेको २९०० भन्दा बढी हुन आउँछ।

सात वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ। कार्यक्रम स्थल भृकुटीमण्डप मूलगेट सँगैका स्टलहरूबाट नाम दर्ता धमाधम भइरहेको छ।

नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रूपैयाँ साथमा लिएर आउन अनुरोध गरिएको छ।

गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए। कांग्रेस विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया