पाल्पामा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किए : एक जनाको मृत्यु, अन्य दुई जना घाइते

पाल्पामा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किए : एक जनाको मृत्यु, अन्य दुई जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २७ पुष २०८२
  • 2.4K
    Shares

मोटरसाइकल दुर्घटना, bike accident

पोखरा , २७ पुष २०८२।

पाल्पामा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

पाल्पाको रामपुर नगरपालिका–८ कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत कुमराङ्गमा लु २० प ५८९७ नम्बरको मोटरसाइकल र लु ६८ प ८८०० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किंदा एक जनाको मृत्यु भएको हो भने अन्य दुई जना घाइते भएका हुन्।

उक्त दुर्घटनामा लु ६८ प ८८०० का चालक रामपुर नगरपालिका–८ पिल्टारका ५० वर्षीय डोलराज कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए।

सोही दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकलका चालक रामपुर नगरपालिका–८, धारापनीका २१ वर्षीय करण श्रेष्ठ र मोटरसाइकल पछाडि बसेका २३ वर्षीय गिरमान श्रेष्ठको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया