सल्यानमा पांच दिन अघि मात्र वरिष्ठ हवल्दारमा बढुवा भएका केसी प्रहरीको ब्यारेकभित्रै मृत भेटिए

सल्यानमा पांच दिन अघि मात्र वरिष्ठ हवल्दारमा बढुवा भएका केसी प्रहरीको ब्यारेकभित्रै मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २७ पुष २०८२
  • 4.5K
    Shares

पोखरा , २७ पुष २०८२।

सल्यानमा प्रहरीको ब्यारेकभित्रै एक जना वरिष्ठ हवल्दार मृत भेटिएका छन्।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ घर भइ हाल जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत ४१ वर्षीय वरिष्ठ हवल्दार भीमबहादुर केसी आइतबार बिहान सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार , उनी ब्यारेकभित्र ओछ्यानमा मृत अवस्थामा बिहान ६ बजेतिर फेला परेका थिए। केसी पुस २२ गते मात्रै वरिष्ठ हवल्दार पदमा बढुवा भएका थिए। बिहान ६ बजे परेडका लागि उठाउन खोज्दा उनको मृत्यु भइसकेको प्रहरीले बताएको छ। 

उनको मृत्यु हृदयाघातका कारण भएको प्रहरीले बताएको छ। घर परिवारले शव बुझेर लगेको पनि प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया