माघ १५ गतेसम्म हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय कास्कीको निर्देशन

माघ १५ गतेसम्म हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय कास्कीको निर्देशन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २७ पुष २०८२
  • 2.5K
    Shares

जिल्ला प्रशासन कार्यालय कास्की

पोखरा, २७ पुष २०८२।

प्रतिनिधि सभाको चुनाब आउन ५३ दिन बाँकी रहंदा जिल्ला प्रशासन कार्यालय कास्कीले एक सार्वजनिक सुचना जारी गरेर आफूसंग भएका हतियार प्रशासनमा बुझाउन निर्देशन दिएको छ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले एक सार्वजनिक सुचना जारी गरेर आगामी माघ १५ गतेभित्र आफुसंग भएका हतियार स्थानीय प्रशासनसमक्ष बुझाउन निर्देशन दिएका हुन्।

उक्त सार्वजनिक सूचनामा “प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन जिल्लास्थित विविध कारणले विभिन्न व्यक्ति तथा समुहहरुसँग अवैध रुपमा रहेका हातहतियार
खरखजना मिति २०८२/१०/१५ गते भित्र नजिकको प्रहरी कार्यालय वा प्रहरी इकाईमा बुझाउनु हुन ‘बमोजिम कारबाही
सूचित गरिन्छ ।” भनिएको छ।

निर्धारित समयमा हातहतियार खरखजना नबुझाएमा प्रचलित कानून अनुसार कारबाही गरिने पनि सोही सुचानाम्स्स्र्फ़्सत चेतावनी दिइएको छ ।

प्रतिक्रिया