बोरामा प्याक गरेर फालिएकी महिलाको खुल्यो पहिचान : हत्या गरिएको आशंका

बोरामा प्याक गरेर फालिएकी महिलाको खुल्यो पहिचान : हत्या गरिएको आशंका


  • जन संचार
  • बिहिबार, २४ पुष २०८२
  • 5K
    Shares

मध्यबिन्दु नगरपालिका वडा नम्बर ११ बाउन्नेकुना स्थित पूर्व पश्चिम राजमार्गको कल्भर्टमुबी कुसुन्डे सिचाइ नहरमा बुधबार बिहानै बोरामा प्याक गरिएको अवस्थामा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ।

उक्त शब मध्यबिन्दु नगरपालिका वडा नम्बर १० मुसहरटोल बस्ने वर्ष ३५ की रीता मुसहर रहेको प्रहरीले जानकारी दिएको छ। शव कृषि सामग्री कम्पनी लिमिटेड लेखिएको सेतो बोरा भित्र भेटिएको प्रहरीले जनाएको छ।

शरिरमा चोटपटक देखिएको महिलाको शव बोरा भित्र पोको पारी फालिएको अवस्थामा भेटिएको बताइएको छ।

शरिरमा चोटपटक देखिएकोले उनको हत्या भएको आशंकामा अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

प्रतिक्रिया