पोखरा, २३ पुष २०८२।
नवलपुरको कुसुन्डे सिचाइ कुलोमा एकाबिहानै बोरामा भेटियो महिलाको शव भेटिएको छ।
मध्यबिन्दु ११ बाउनीकुना लक्ष्मीचोकस्थित कुसुन्डे सिचाइ कुलोको खोलामा आज बिहानै एक महिलाको लास बोरामा प्याक गरिएको अवस्थामा भेटिएको हो।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान अगाडि बढाएको छ। हाल प्रहरीद्वारा लासको सनाखत गर्ने कार्य भइरहेको छ भने मृतक को हुन् भन्ने विषयमा अझैसम्म पुष्टि हुन सकेको छैन।