अन्तरजातीय बिबाह गरेका युवाले दाङमा गरे श्रीमतीलाई कुटेर हत्या

अन्तरजातीय बिबाह गरेका युवाले दाङमा गरे श्रीमतीलाई कुटेर हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २२ पुष २०८२
  • 2.9K
    Shares

पोखरा, २२ पुष २०८२।

अन्तरजातीय बिबाह गरेका एक युवाले दाङमा ‘दलित’ भनिएकी आफ्नो श्रीमतीलाई कुटेर हत्या गरेका छन्।

दाङको तुलसीपुर ५ न्युरोडका २१ वर्षीय सुमन आले मगरले आफ्नो श्रीमती खिमी परियारलाई कुटेर हत्या गरेका हुन्।

प्रहरीका अनुसार , तुलसीपुर ५ न्युरोडस्थित रुकुमेली गेस्ट हाउसमा गएको पौष १२ गते बिहान ९ बजेतिर सामान्य विवादका क्रममा सुमनले आफ्नै १७ वर्षीया श्रीमती खिमी परियारलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। गम्भीर घाइते खिमीको पुष १८ गते बिहान करिब ११ बजेतिर नेपालगञ्जको केयर सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

मृत्युपछि शवलाई अन्तिम संस्कारको लागि घर ल्याइएको जानकारी पाएलगत्तै अनुसन्धान शुरु गरेको प्रहरीले सोही दिन राति करिब १०:४५ बजेतिर तुलसीपुर – ५ कै शिशिर गेस्ट हाउसमा लुकिछिपी बसेका सुमनलाई पक्राउ गरेको हो।

मृतककी आमा राममाया दमाईले किटानी जाहेरी दिएपछि दाङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी सुमनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया