काँचो खरबारीमा आगो लगाउने दुई जना स्याङ्जाली युवा पक्राउ

काँचो खरबारीमा आगो लगाउने दुई जना स्याङ्जाली युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २२ पुष २०८२
  • 2.7K
    Shares

वनमा आगलागी, वनमा डढेलो

पोखरा, २२ पुष २०८२।

खरबारीसहितको सामुदायिक वनमा डढेलो लगाउएको आरोपमा स्याङ्जाबाट दुई युवा पक्राउ परेका छन्।

स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर-१४ स्थित हिमासिखर सामुदायिक वन समेतको खरवारीमा आइतबार सांझा साढे पांच बजेको समयमा आगो लगाएको आरोपमा दुई जना युवा पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरुमा वालिङ १४ का १९ वर्षीय आशिक कुँवर र २० वर्षीय सुदिप कुँवर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका निमित्त सुचना अधिकारी प्रहरी निरिक्षक सागर कार्कीले जानकारी दिए। उनीहरु अहिले वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाको हिरासतमा रहेको प्रहरीले बताएको छ।

उक्त आगलागी सम्बन्धमा सव डिभिजन वन कार्यालय वालिङ, स्याङ्जाले आवश्यक अनुसन्धान तथा कानुनी कारवाही शुरु गरेको प्रहरीले जनाएको छ। सांकेतिक फाइल चित्र

प्रतिक्रिया