काठमाडौँ, २१ पुष २०८२।
मुगुमा नेपाली सेना चढेको जिप दुर्घटनाग्रस्त हुँदा एक जना सैन्य अमल्दारको मृत्यु भएको छ।
मुगुस्थित हनुमानध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सैनिक पुर्याउन गएको ना१झ १०३९ नम्बरको बोलेरो जिप आइतबार बेलुकी ७ बजे रारा छायानाथ नगरपालिका–७ मा रहेको पिना प्रहरी चौकीदेखि अगाडि आल्लाधुना खोलाको मोडमा दुर्घटनाग्रस्त हुँदा एक जना सैन्य अमल्दारको मृत्यु भएको हो।
उक्त दुर्घटनामा नेपाली सेनामा कार्यरत सवारी चालक हरिसिंह ऐडीको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए ।
बैतडीको पाटन–४ बगाडी स्थायी ठेगाना भएका चालक ऐडीलाई मुगु अस्पतालले सोमबार बिहान १ बजेर ३० मिनेटमा मृत घोषणा गरेको थियो ।
जिप दुर्घटनामा नेपाली सेनामा कार्यरत सवारी चालक हरिसिंह ऐडीको मृत्यु भएको छ। यहाँस्थित हनुमानध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सैनिक पुर्याउन गएको जिप फर्किने क्रममा दुर्घटना हुँदा ऐडीको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए।
बैतडीको पाटन–४ बगाडी स्थायी ठेगाना भएका चालक ऐडीलाई मुगु अस्पतालले सोमबार बिहान १ बजेर ३० मिनेटमा मृत घोषणा गरेको थियो।
आइतबार बेलुकी ७ बजे जिप दुर्घटनामा परेको थियो। त्यसपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो। बोलेरो सडकदेखि २०० मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका ऐडीलाई राति १० बजे नै मुगु अस्पतालमा पु¥याइएको थियो। रासस