पोखरा, २१ पुष २०८२।
मकवानपुरको भीमफेदीमा आइतबार साँझ भएको टाटा सुमो दुर्घटनामा ज्यान गुमाएका छ मध्ये चार जनाको मात्र सनाखत भएको छ।
उक्त दुर्घटनामा भारत, बिहार राज्य, पटना बस्ने ४२ वर्षीय रजनिश कुमार, भारत, बिहार राज्य बेगुसराईका ५० वर्षीय अरबिन्द कुमार, मकवानपुरको हेटौँडा उपमहान्गरपालिका वडा नम्बर ४ कमलडाँडाकी ४० वर्षीया सबिता लम्साल र हेटौडा–२, कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवालको सनाखत भएको छ भने अन्दाजी ४० र ३६ वर्ष उमेरका दुई जना पुरुषको सनाखत हुन् बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।
आइतबार साँझ १७ः२० बजेको समयमा भीमफेदी–६ जुरीखेतस्थित भीमफेदी कुलेखानी काठमाडौँ सडक खण्डमा ना१ज १७७८ नम्बरको सुमो दुर्घटनाग्रस्त भएर एक सय मिटर तल खस्दा ९ जना घाइते भएका थिए । घाइतेमध्ये ६ जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो ।
सोही दुर्घटनामा परेर सुमो चालक, मकवानपुर, हेटौँडा–४ कर्रा चोक बस्ने ४५ वर्षका गणेश थापाको शरीरको बिभिन्न भागमा चोट, अवस्था गम्भीर भएपछि आइतबार राति नै पुरानो मेडिकल कलेज भरतपुर चितवनमा रिफर गरिएको छ ।
हेटौँडा–४ कमलडाँडा बस्ने सबिता लम्सालकी १२ वर्षीया छोरा अभ्यास लम्सालको अवस्था गम्भीर ।भएपछि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा रिफर गरिएको छ ।
रौतहट, चन्द्रपुर–२ की २१ वर्षीया रिचा चौधरी टाउको शरीरको बिभिन्न भागमा चोट अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
उ
हेटौँडा अस्पतालमा मृत्यु भएकाहरुः
१. भारत, बिहार राज्य, पटना बस्ने ४२ वर्षीय रजनिश कुमार
२. मकवानपुर, हेटौँडा–४ कमलडाँडाकी ४० वर्षीया सबिता लम्साल ।
३. हेटौडा–२, कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल ।
४. भारत, बिहार राज्य बेगुसराईका ५० वर्षीय अरबिन्द कुमार ।
५. नाम थर वतन नखुलेको ३६ वर्षीय पुरुष ।
६. नाम थर वतन नखुलेको, ४० वर्षीय पुरुष ।