पोखरा, २० पुष २०८२।
उदयपुरमा एक युवाले श्रीमटीको हत्या गरेर आफुले पनि आत्महत्याको प्रयास गरेका छन्।
दयपुरको बेलका नगरपालिका वडा नम्बर –३ किरात चोकका ३० वर्षीय खगेन्द्र राईले आज बिहान आफ्नै २७ वर्षीया श्रीमती गंगा राई (भावना)को हत्या गरेर आफुले पनि आत्महत्याको प्रयास गरेका हुन्।
प्रहरीका अनुसार , आइतबार बिहान करिब ८ बजे श्रीमती गङ्गासंग सामान्य विवाद हुँदा खगेन्द्रले श्रीमतीमाथि धारिलो छुरा प्रहार गरेका थिए। त्यस लगत्तै उनले त्यही छुराले आफ्नो शरीरमा हानेर आत्महत्याको प्रयास गरेका थिए।
छुरा प्रहारबाट गम्भीर घाइते भएकी गंगाको उपचारका क्रममा बिहान ९ : ५० बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आत्महत्याको प्रयास गरेका खगेन्द्रलाई स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए। हाल खगेन्द्रको सोही अस्पतालमा प्रहरीको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान अघि बढाएको छ।