एम्नेष्टी इन्टरनेशनल नेपाल समुह – ५४ पोखराका संयोजक पन्थीको पठाओ दुर्घटनामा परेर काठमाण्डौमा मृत्यु

एम्नेष्टी इन्टरनेशनल नेपाल समुह – ५४ पोखराका संयोजक पन्थीको पठाओ दुर्घटनामा परेर काठमाण्डौमा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २० पुष २०८२
  • 4.9K
    Shares

एम्नेष्टी इन्टरनेशनल नेपाल समुह – ५४ पोखराका संयोजक बिष्णुहरी पन्थी

पोखरा, २० पुष २०८२।

एम्नेष्टी इन्टरनेशनल नेपाल समुह – ५४ पोखराका संयोजक बिष्णुहरी पन्थीको काठमाडौँमा भएको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ।

तनहुँको शेराबेंशी स्थायी घर भै हाल पोखरा महानगरपालिकाको लेखनाथस्थित गगनगौंडा पावरहाउस नजिक बस्दै आएका पन्थीको काठमाण्डौको बल्खु नजिक गएको बुधबार भएको पठाओ दुर्घटनामा परेर मृत्यु भएको हो।

सातदोबाटोमा काम सकेर पोखरा आउनको लागि उनी पठाओ चढेर कलंकी आउंदै गर्दा उनी चढेको दुईपांग्रे सवारी साधन दूर्घटना हुन पुगेको थियो। दुर्घटनाका कारण सडकमा लडेका पन्थीलाई पछाडीबाट आउंदै गरेको टिपरले किचेको र घटनास्थलमा नै उनको मृत्यु भएको थियो।

नेपाली काँग्रेस तनहुँको क्षेत्रिय समितिमा रहेर सक्रिय पन्थी पोखराको बिशाल बजारमा ब्यापार समेत गर्दै आएका थिए। स्व. पन्थीका एक श्रीमती र दुई छोरीहरु रहेकोमा दुवै छोरीहरु क्यानाडामा रहेको बुझिएको छ छोरीहरु आउन समय लागेको कारण बुधबार भएको दूर्घटनापछि उनको शव पाटन अस्पतालमा नै राखिएको थियो।

आइतबार मात्र उनको निवास पोखराको लेखनाथस्थित गगनगौंडा पावरहाउस नजिक ल्याएर विधिवत अन्त्येष्टि गरिने भएको छ।

केहि समय अगाडी उनले पोखराको बिशाल बजारमा ब्यापार समेत गरेको बुझिएको छ।  उनि नेपाली काँग्रेस तनहुँको क्षेत्रिय समितिमा समेत सक्रिय थिए।

पोखराबाट काम बिशेषले काठमाडौँ गएका उनको बुधबार बल्खु नजिकै चक्रपथमा सवारी दुर्घटनमा परेर निधन भएको हो। ललितपुरको सात दोबाटोबाट कलंकी आउने क्रममा बल्खु नजिक उनि दुर्घटनामा परेको थिए ।

सातदोबाटोमा काम सकेर पोखरा आउनको लागि उनि पठाओ चढेर कलंकी आउंदै गर्दा उनि चढेको दुईपांग्रे सवारी साधन दूर्घटना हुन पुगेको थियो। एम्नेस्टी इन्टरनेसनल नेपाल समुह -८२ का संयोजक नरेश बरालले गुरुकुल खबरलाई जानकारी अनुसार दुर्घटनाका कारण सडकमा लडेका पन्थीलाई पछाडीबाट आउंदै गरेको टिपरले किचेको र घटनास्थलमा नै उनको मृत्यु भएको थियो।

स्व. पन्थीका एक श्रीमती र दुई छोरीहरु रहेकोमा दुवै छोरीहरु क्यानाडामा रहेको बुझिएको छ छोरीहरु आउन समय लागेको कारण बुधबार भएको दूर्घटनापछि उनको शव पाटन अस्पतालमा नै राखिएको थियो।

आज आइतबार मात्र उनको निवास पोखराको लेखनाथस्थित गगनगौंडा पावरहाउस नजिक ल्याएर विधिवत अन्त्येष्टि गरिने भएको छ।

प्रतिक्रिया