स्याङजामा १५ वर्षीया बालिकाको हत्या गरी भागेका युवा २१ महिनापछि पोखराको बिरौटाबाट पक्राउ

स्याङजामा १५ वर्षीया बालिकाको हत्या गरी भागेका युवा २१ महिनापछि पोखराको बिरौटाबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १९ पुष २०८२
  • 7K
    Shares

पोखरा , १९ पुष २०८२।

स्याङजामा १५ वर्षीया बालिकाको हत्या गरी भागेका एक युवा २१ महिनापछि पोखराबाट पक्राउ परेका छन्।

पुतलीबजार नगरपालिका वडा नम्बर १३ बस्ने १५ वर्षीया बालिकाको हत्या गरी भागेका युवा शुक्रबार पोखराबाट पक्राउ परेका हुन्।

उक्त आरोपमा पक्राउ पर्ने युवा पुतलीबजार १३ घर भएका ४४ वर्षीय राजेन्द्र प्रसाद तिवारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ।

उनलाई गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय स्याङजाको संयुक्त टोलीले शुक्रबार पोखरा महानगरपालिकाको वडा नम्बर १७ बिरौटामा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ।

अभियुक्त तिवारीले आफ्नै गाउँकी १५ वर्षीय बालिकालाई २०८० साल चैत ११ दिउसो पौने १२ बजे हत्या गरी भागेको प्रहरीले बताएको छ।

पक्राउ परेका तिवारीबिरुद्ध ज्यान सम्बन्धि कसुरमा म्याद थप गरी आबश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ।

प्रतिक्रिया