झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज चिप्लियो

झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज चिप्लियो


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ पुष २०८२
  • 3.3K
    Shares

पोखरा, १७ पुष २०८२।

झापाको भद्रपुर विमानस्थलमा चिप्लिएको बुद्ध एयरको जहाज

 झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लिएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले ग्राउन्डभन्दा केही बाहिर विमान गएको र अहिले बुझ्ने क्रम जारी रहेको जानकारी दिए ।

कोशी प्रदेशका डीआईजी बिनोद घिमिरेका अनुसार, विमान अवतरणका क्रममा रन–वेबाट केही तल चिप्लिएको हो ।

काठमाडौं विमानस्थलका प्रवक्ता रुन्जी शेर्पाका अनुसार, काठमाडौं–भद्रपुर उडानको 901 उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास एरियामा पुगेको हो ।

अहिले यात्रु ओराल्ने प्रक्रिया जारी छ । यात्रु र चालक दलका सबै सदस्य सकुशल रहेको प्रारम्भिक जानकारी छ ।

थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया