पोखरा १८ पुस २०८२।
गुल्मीमा बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार देवर-भाउजुको मृत्यु भएको छ।
लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले गुल्मीको मालिका गाउँपालिका–६ राम्चेमा लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार देवर-भाउजुको मृत्यु भएको हो।
मृत्यु हुनेमा मालिका ६ का ३६ वर्षीय बसन्त अर्याल र उनकी भाउजू करिब ५५/५६ वर्षीया मनकला अर्याल रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । बसले ठक्करबाट गम्भीर घाइते भएकाहरुलाई उद्धार गरी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको
उक्त बसमा पिकनिक जाँदै गरेका सिद्ध इङ्लिस बोर्डिङ स्कूलका विद्यार्थी सवार रहेको बताइएको छ। छ ।