जिल्ला प्रहरी कार्यालय नवलपुरका निवर्तमान प्रमुख डिएसपी मधु नेपाल जेल चलान  

जिल्ला प्रहरी कार्यालय नवलपुरका निवर्तमान प्रमुख डिएसपी मधु नेपाल जेल चलान  


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ पुष २०८२
  • 4.8K
    Shares

डिएसपी मधु नेपाल

पोखरा, १७ पुष २०८२।

जिल्ला प्रहरी कार्यालय नवलपुरका निवर्तमान प्रमुख डिएसपी मधु नेपाल जेल चलान चलान भएका छन् भने उनको कान्छी श्रीमती धरौटीमा छुटेकी छिन्।

बहुबिबाह गरेको आरोपमा पक्राउ परेका तात्कालिन डिएसपी नेपाल जिल्ला अदालत रुपन्देहीको आदेश बमोजिम भैरहवा कारागार चलान भएका हुन्।

जिल्ला न्यायाधीश चाणकमणि अर्यालको आजको इजलाशले उनलाई पुर्पक्षमा रहने गरी कारागारमा पठाउन आदेश दिएको थियो। सोही इजलाशले नेपालको कान्छी श्रीमती भनिएकी प्रहरी सहायक निरिक्षक (असई) गीता पुरीलाई ३० हजार रुपियाँ धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको थियो। असई पुरीले भने अदालतले तोकेको धरौटी राखेर तारेखमा छुटेको प्राप्त समाचारमा जनाइएको छ।

आफुविरुद्ध जेठी श्रीमतीले बहुविवाहको जाहेरी दिए पछि जिल्ला प्रहरी कार्यालय नवलपुरको प्रमुख रहेका डिएसपी नेपाल चार साताअघि आफैं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए। प्रहरीकै असई गीता पुरीसँग बहुविवाह गरेको अभियोग उनीमाथि लागेको थियो। तर आफ्नो बयानको क्रममा डिएसपी नेपालले जेठी श्रीमतीबाट एउटामात्र छोरीको जन्म भएपछि जेठी श्रीमतीकै सहमतिमा अर्काे विवाह गरेको बताएका थिए।

प्रतिक्रिया