मोटरसाइकल दुर्घटना हुँदा ३३ वर्षीय युवकको मृत्यु, अर्का घाइते 

मोटरसाइकल दुर्घटना हुँदा ३३ वर्षीय युवकको मृत्यु, अर्का घाइते 


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ पुष २०८२
  • 7K
    Shares

पोखराम १८ पुष २०८२।

पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्।

सप्तमीदेखि रवितर्फ जाँदै गरेको बा९९प ८८०१ नम्बरको मोटरसाइकल राँके रवि सडक खण्डमा पर्ने धोद्रेमा बिहीबार साँझ ५ बजे दुर्घटना हुँदा एक जना युवाको मृत्यु भएको हो भने अर्को एक जना घाइते भएका हुन्।

दुर्घटनामा इलामको फाकफोकथुम–४ का ३३ वर्षीय सुवास सारु मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । मोटरसाइकलमा सवार काशीनाथ मगर भने सामान्य घाइते भएका छन्। 

प्रतिक्रिया