ललितपुरमा कुमारी बैंकको एटीएम तोडफोड : दुई जना पक्राउ

ललितपुरमा कुमारी बैंकको एटीएम तोडफोड : दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ पुष २०८२
  • 3.8K
    Shares

पोखरा १८ पुस २०८२।

ललितपुर महानगरपालिका–१४ टुटेपानीमा रहेको कुमारी बैंकको एटीएम तोडफोड गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर सुनाकोठीका १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोकका १८ वर्षीय सुनिल विक छन् । उनीहरुलाई प्रहरी वृत्त सातदोबाटोको टोलीले पक्राउ गरेको हो ।

बुधबार राति सवा ११ बजेतिर उनीहरूले कुमारी बैंकको एटीमए तोडफोड गरेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए ।

प्रतिक्रिया