नवलपरासीको कजरिया रमेश टायल्स उद्योग सिल : दुई मजदुर मृत्यु सम्बन्धमा बन्यो छानबिन समिति

नवलपरासीको कजरिया रमेश टायल्स उद्योग सिल : दुई मजदुर मृत्यु सम्बन्धमा बन्यो छानबिन समिति


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ पुष २०८२
  • 3.9K
    Shares

कजरिया रमेश टायल्स उद्योग

पोखरा १८ पुस २०८२।

नवलपरासीको कजरिया रमेश टायल्स उद्योग सिल भएको छ। उक्त उद्योगमा कार्यरत दुई जना मजदुर सम्बन्धमा समबन्धित पिडित पक्ष र उद्योग ब्यबस्थापन बीच जिल्ला प्रशासन कार्यालयमा भएको सहमति पछि उक्त उद्योगमा सिल गरिएको हो।

उक्त सहमति बमोजिम मृत्यु भएका दुई मजदुरको बारेमा छानबिन गर्न एउटा छानबिन समिति बनाइने भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुशील घिमिरेलेले जानकारी दिए। छानबिन समिति बनेसंगै मृत्यु भएका दुवै जना मजदुरको शब उठाईएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुशील घिमिरेले उद्योग सिलसँगै घटनाको अनुसन्धान गर्ने सहमतिपछि शव उठाइएको जनाए । प्रहरीले घटनाको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । परासी जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि विशेषज्ञ चिकित्सक नभएकाले फरेन्सिक जाँच गर्न प्रादेशिक अस्पताल बुटवल पठाइएको घिमिरेले बताए ।

नवलपरासीको कजरिया रमेश टायल्स उद्योगमा मृत्यु भएका दुई मजदुरको शब

नवलपरासीको बर्दघाट नगरपालिका–१२, भटौलियास्थित कजरिया रमेश टायल्स उद्योगमा कार्यरत बर्दघाट–१३, धनेवाका ४० वर्षिय होमबहादुर थापा र भारतको उत्तर प्रदेश प्रतापगढ जिल्ला ६६ ग्राम पोष्ट निवासी ३० वर्षिय विनोद कुमारको मृत्यु भएको थियो। उनीहरुको मृत्युलाई शंकास्पद रुपमा हेरिएको छ ।

उद्योगको लापरबाहीका कारण मजदुरको मृत्यु भएको भन्दै आक्रोशित मृतकका आफन्त र स्थानीयले उद्योग घेराउ गरेका थिए । घटनाको छानबिन गर्न माग गर्दै उनीहरुले बुधबार दिनभर शव उठाउन दिएका थिएनन्।

गएराति उनीहरुको कम्पनीमा ग्यास लिग भएर मृत्यु भएको आफन्तको आरोप छ । उद्योगले जाम भएको ग्यास खोल्न पठाएको र खोल्ने क्रममा निसासिएर उनीहरुको मृत्यु भएपश्चात् घटना ढाकछोप गर्न नजिकै रहेको कोठामा लगेर सुताएको अन्य मजदुरलाई उदृघृत गर्दै स्थानीयले आरोप लगाए ।

ज्यान गुमाउनेहरु ग्यासी फायर (अग्नि नियन्त्रण) प्लान्ट काम गर्ने मजदुर रहेको उद्योगले जनाएको छ । उनीहरु उद्योगको ग्यासी फायरको पोकिङ फ्लोरमा एकै ठाउँमा गत्ता ओछ्याएर सुतेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी दिए । मृतकको शरीरमा बाहिरी कुनै चोट नदेखिएको उनले जनाए ।

उद्योगका जनसम्पर्क वरिष्ठ प्रबन्धक रमेश न्यौपानेले ग्यास लिग नभई कोठामा सुतेको अवस्थामा अक्सिजनको कमी भएर मृत्यु भएको हुन सक्ने बताए । स्थानीय बासिन्दा र पीडित परिवारका आफन्तले उद्योग घेराउ गर्दै दिनभर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया