कोठामा निस्सासिएर सुर्खेतमा एक नाबालिकाको मृत्यु, तीन जना बेहोश

कोठामा निस्सासिएर सुर्खेतमा एक नाबालिकाको मृत्यु, तीन जना बेहोश


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ पुष २०८२
  • 3.2K
    Shares

निस्सासिएर बेहोश

पोखरा १८ पुष २०८२।

कोठामा निस्सासिएर सुर्खेतमा एक नाबालिकाको मृत्यु भएको छ भने अन्य तीन जना निस्सासिएर बेहोश भएका छन्।

कोइला बालेर सुत्ने क्रममा निस्किएको धुवाँकाकारण निसासिएर सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा एक नाबालिकाको मृत्यु भएको हो भने अन्य तीन जना निस्सासिएर बेहोश भएका हुन्।

भेरीगङ्गा नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीस्थित मानबहादुर चन्दको घरमा डेरा गरी बस्ने ३२ वर्षीय तारा बुढाको ३८ दिनको छोरी प्रतीक्षाको निस्सासिएर बिहिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकृत प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए।

प्रहरी निरीक्षक यादवका अनुसार, निस्सासिएर बेहोश भएका आमा तारा, १० वर्षका छोरा प्रकाश बुढा र उनकी भदैनी १३ वर्षीया सङ्गम बुढाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

प्राप्त जानकारी अनुसार , बिहीबार बिहान लामो समयसम्म कोठाबाट नउठेपछि घरधनीले ढोका खोलेर हेर्दा कोठाभित्र चारै जना अचेत अवस्थामा फेला परेका थिए। तीमध्ये ३८ दिनकी छोरी प्रतीक्षा बुढाको घटनास्थलमै मृत्यु भइसकेको थियो। बेहोस अवस्थामा रहेकी तारा बुढा, उनकी भदैनी संगम बुढा र १० वर्षका छोरा प्रकाश बुढालाई तत्काल उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको छ।

प्रहरीका अनुसार बन्द कोठाभित्र कोइला बालेर सुतेका कारण अक्सिजनको कमी भई घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। शिशुको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ।

प्रतिक्रिया