पोखरा, १७ पुष २०८२।
सिन्धुलीमा अटोबाट खसेर घाइते भएका युवाको मृत्यु भएको छ।
मरिण महोत्सव हेरेर घर फर्कने क्रममा मरिण गाउँपालिका–६ भुताहास्थित मदन भण्डारी राजमार्गमा मंगलबार मध्यराती अटोबाट खसेर घाइते भएका हरिहरपुरगढी गाउँपालिका–५ मुराजोरलेख निवासी १८ वर्षीय रमेश बलको मृत्यु भएको हो ।
फर्कदै गरेका हरिहरपुरगढी गाउँपालिका–५ मुराजोरलेख निवासी १८ वर्षीय रमेश बल मंगलबार मध्यराती अटोबाट खसेर घाइते भएका युवाको मृत्यु भएको छ।
मरिण महोत्सव हेरेर घर फर्कने क्रममा अटोबाट खस्दा एक युवक घाइते भएका छन् । मंगलवारराति करिब ११ः२० बजे भएको दुर्घटनामा हरिहरपुरगढी गाउँपालिका–५ मुराजोरलेख निवासी १८ वर्षीय रमेश बल घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार रमेश बल म.प्र. ०३–००१ ह १५१९ नम्बरको अटोमा सवार थिए । उक्त अटो जिल्ला सिन्धुली हरिहरपुरगढी गाउँपालिका–५ का २३ वर्षीय लालबहादुर गोलेले चलाइरहेका थिए । महोत्सव हेरेर फर्कने क्रममा अचानक सन्तुलन बिग्रँदा रमेश अटोबाट खसेर घाइते भएका हुन् । दुर्घटनामा उनको टाउको र चिउँडोमा चोट लागेको छ । स्वास्थ्यकर्मीले घाइतेको अवस्था मध्यम रहेको बताएका छन् ।
घाइते रमेशलाई तत्कालै स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा पुर्याई सामान्य उपचार गरिएको थियो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई जिल्ला अस्पताल सिन्धुली रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनापछि अटो चालक लालबहादुर गोले फरार रहेको प्रहरीले जनाएको छ । घटनापछि अटो भने प्रहरी चौकी महेन्द्रझ्याडीको नियन्त्रणमा लिइएको छ ।