आफुलाई जेन जी अगुवा दाबी गर्दै आएका अर्जुनबहादुर शाही बैंकिङ कसुर र ठगीको आरोपमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई ११ लाखको बैंकिङ कसुर र आठ तोला बराबरको सुन ठगी गरेको आरोपमा पक्राउ गरेको हो।
जेनजी आन्दोलनसँगै अछामका उनले नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगमदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा गएर ज्ञापनपत्र दिने र राजीनामा दिन धम्क्याउने गरेपछि उनी वैदेशिक रोजगारी लगायतका आरोपमा फरार रहेको खुलेको थियो।
जेन जी अगुवा भन्दै विभिन्न सरकारी कार्यालय गएर धम्क्याउन सक्रिय भएको बेलामा शाही वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा काठमाडौंको कोटेश्वरबाट पक्राउ परेर धरौटीमा छुटेका थिए।