जाजरकोटको खारा जङ्गलमा गोली लागेर प्रचण्डको मृत्यु, पांच जना पक्राउ

जाजरकोटको खारा जङ्गलमा गोली लागेर प्रचण्डको मृत्यु, पांच जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १७ पुष २०८२
  • 5K
    Shares

भरुवा बन्दुक पड्केर मृत्यु

पोखरा , १७ पुष २०८२।

जाजरकोटको खारा जङ्गलमा गोली लागेर एक जनाको मृत्यु भएको छ भने पांच जना पक्राउ परेका छन्।

जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट खारा जङ्गलमा गएको पुष १३ गते गोली लागेर स्थानीय प्रचण्डदेव सिंहको मृत्यु भएको हो भने उनीसंगै रहेका अन्य पाँच जना पक्राउ परेका हुन्।

गएको पुष १३ गते खारा जङ्गलमा शिकार खेल्न गएका प्रचण्डदेवलाई गोली लागेर मृत्यु भएपछि उनीसंगै शिकार खेल्न गएका अन्य पांच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीरकुमार खडकाले जानकारी दिए।

पक्राउ पर्नेमा बारेकोट गाउँपालिका–८ का ४५ वर्षीय इन्द्रबहादुर सिंह,  ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की, ३१ वर्षीय लालबहादुर सिंह रहेको प्रहरीले बताएको छ।

उनीहरुको साथबाट तीन थान भरुवा बन्दुक, फलामको दुई थान चक्कु, बारुद एकसय ३५.१८ ग्राम, भरुवा बन्दुकमा प्रयोग हुने ११ थान गोली बरामद गरिएको सूचना अधिकारी खडकाले जानकारी दिए।

पक्राउ परेका पाँचै जनालाई हातहतियार तथा खरखजाना मुद्दामा जिल्ला अदालतमा सात दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया