रक्सी खाएर पोखराको सडक महोत्सवमा झैँ-झगडा गर्ने १४ जना पक्राउ

रक्सी खाएर पोखराको सडक महोत्सवमा झैँ-झगडा गर्ने १४ जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १७ पुष २०८२
  • 5.8K
    Shares

पोखरा , १७ पुष २०८२।

पोखरामा जारी सडक महोत्सवमा रक्सी खाएर झैँ-झगडा गर्ने १४ जना पक्राउ परेका छन्।

पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडमा जारी ‘२७ औं सडक महोत्सव’ मा मादक पदार्थ रक्सी सेवन गरी होहल्ला र झगडा गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले शान्ति सुरक्षा कायम गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ ।

पुस १३ गतेदेखि सुरु भएको उक्त महोत्सवमा सडकमै मादक पदार्थ सेवन गरी उच्छृङ्खल गतिविधि गर्दै हिँड्ने, सिसाका बोतलहरू फुटाउने तथा एक आपसमा झै-झगडा गरी अशान्ति फैलाउने कार्यमा संलग्न भएकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले पक्राउ परेका १४ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको बताए ।

प्रतिक्रिया