पोखरा , १६ पुष २०८२।
न्याय क्षेत्रमा भएका अनियमितता र भ्रस्टाचारको चर्को बिरोध गर्दै आएका अभियन्ता राजकुमार तिमिल्सिना आज पोखराबाट पक्राउ परेका छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पोखरामा आएर पक्राउ गरेको समाचार स्रोतहरुले जानकारी दिएका छन्।
अनियमितता र भ्रस्टाचारनिरुद्ध डार्क फाइल नेपाल अभियान नै संचालन गरेका ललितपुरको गोदावरीका राजकुमार तिमिल्सिना आज पोखराबाट पक्राउ परेका हुन् ।
उनले पछिल्लो समय डार्क फाइल नेपाल अभियान नाम दिएर न्यायाधीशहरूलाई धम्की दिएको आरोप लगाइएको समाचार स्रोतहरुले बताएका छन्।