सुर्खेतको शहिदपार्क नजिकै जंगलमा मृत भेटिएका युवा–युवतीकाे भयो सनाखत

सुर्खेतको शहिदपार्क नजिकै जंगलमा मृत भेटिएका युवा–युवतीकाे भयो सनाखत


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ पुष २०८२
  • 6.6K
    Shares

पोखरा , १६ पुष २०८२।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४, स्थित शहिद पार्क नजिकै जङ्गलमा आज बिहानै मृत भेटिएका युगल जोडीको सनाखत भएको छ।  

वीरेन्द्रनगर नगरपालिका–०४, खोर्के स्थित भैरव सामुदायिक वन उपभोक्ता समूहको जङ्गल क्षेत्रमा मृत भेटिएका युगल जोडी सुर्खेतको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३, अन्दाजी २० वर्षीया सुनिता भण्डारी र दैलेखको ठाँटिकाँध गाउँपालिका–१, का अन्दाजी २२ वर्षीय सुरेन्द्र थापा रहेका प्रहरीले जनाकारी दिएको छ। उनीहरू विगत चार दिनदेखि परिवारको सम्पर्कमा नरहेका थिए।
प्राप्त जानकारी अनुसार , घाँस काट्न गएका स्थानीयले एउटै रुखमा झुण्डिएको अवस्थामा उनीहरूलाई देखेपछि वन समिति र प्रहरीलाई जानकारी गराएका थिए।

उनीहरुको मृत्यु सम्बन्धमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया